PahiloPost

Dec 28, 2024 | १३ पुष २०८१

सुदूरपश्चिममा गौरा रौनक, दर्जन फोटोमा हेर्नुस्

सुदूरपश्चिममा गौरा रौनक, दर्जन फोटोमा हेर्नुस्

एम बम/पहिलोपोस्ट


कैलाली: सुदूरपश्चिम प्रदेशमा हर्षोल्लासका साथ मनाइने गौरापर्वको मुख्य दिन आज दुर्गाष्टमी अर्थात् अठ्यावालीलाई व्रतालु महिलाहरूले पूजा अर्चना गरी मनाएका छन्। हिजो साँझ गौराघरमा भित्र्याएको गौरालाई निर आहार व्रत बसेका व्रतालु महिलाहरूले आज गौरा खला अर्थात आँगनमा लगेर पूजा गर्ने प्रचलन छ।  व्रतालु महिलाहरूले बिरुडाले दिनभर फाग गाएर बिरुडा  र विभिन्न पाँच थरीका अन्नले गौरादेवीको पूजा गर्ने गरेको धनगढीको गौरा महेश्वर मन्दिरका पुजारी पुष्पराज अवस्थीले बताए। उनले हिजो गौरादेवीमा चढाएको दुबो धागो आजै महिलाहरूले धारण गरेको समेत जानकारी दिए।

तागाधारी पुरुषहरूले जनै धारण गरेजस्तै पश्चिम नेपालमा महिलाहरूले दुबधागो धारण गर्ने गर्दछन्। गौराघरबाट गौरालाई सिँगारेर गौराखलामा लग्ने गरिन्छ। सोही खलामा महिलाहरूले सामूहिक अठ्यावाली गाउँदै पूजा गर्ने चलन छ। गौराको उत्पत्ति, महेश्वरसँगको विवाह लगायतका प्रसङ्ग व्रतालु महिलाहरूले फागमार्फत नै भन्ने गरेका छन्।  व्रतालु महिलाहरूले गौराको पूजन गरिसकेपछि मुख्य प्रसादको रूपमा रहेको बिरुडाले आफ्ना श्रीमान् छोराछोरी र आफन्तजनको दीर्घायुको कामना गर्दै टाउको पुज्ने प्रचलन रहेको व्रतालु महिलाहरूले बताए।



ट्रेन्डिङ पोस्ट

Ncell