PahiloPost

Jul 12, 2025 | २८ असार २०८२

मोदी सरकारका पूर्व अर्थमन्त्री अरुण जेट्लीको निधन, सञ्चो छैन भन्दै जिम्मेवारीबाट थिए टाढा



पहिलोपोस्ट

मोदी सरकारका पूर्व अर्थमन्त्री अरुण जेट्लीको निधन, सञ्चो छैन भन्दै जिम्मेवारीबाट थिए टाढा
फोटो : रोयटर्स

भारतीय जनता पार्टीका नेता तथा पूर्व अर्थमन्त्री अरुण जेट्लीको शनिवार निधन भएको छ। एम्स अस्पतालमा उपचाररत ६७ वर्षीय उनको शनिवार मध्यान्ह निधन भएको हो।

दुई साता अघि सास फेर्न असहज महसुस भएपछि जेट्लीलाई एम्समा भर्ना गरिएको थियो। तत्कालै आइसीयुमा राखिएको उनको अवस्था दिनानुदिन विग्रिँदै गएको थियो।

स्वास्थ्यमा समस्या आएपछि जेट्लीले कुनै पनि जिम्मेवारी लिन स्वीकार गरेका थिएनन्। पछिल्लो १८ महिना स्वास्थ्य समस्यामा परेको जनाउँदै उनले कुनै पनि पद नलिने पत्र प्रधानमन्त्री नरेन्द्र मोदीलाई पठाएका थिए।

उनको निधनलाई लिएर भारतीय प्रधानमन्त्री मोदीले आफ्नो महत्वपूर्ण साथी गुमाएको जनाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell