काठमाडौं: सत्याकृत ब्याण्डले कृष्ण जन्माष्टमीको अवसर पारेर नयाँ गीत सार्वजनिक गरेको छ। ब्याण्डले ‘पाकेको फल’ बोलको गीत विभिन्न भिडियोसहित रिलिज गरेको हो।
प्रकृति, शान्ति, सत्य, ईश्वर, प्रेम तथा देश प्रेमका भावसहितको गीतमा स्वर तथा संगित सुर साधुको रहेको छ। गीतको म्युजिक भिडियो हरि हुमागाइँले खिचेका हुन्। त्यस्तै गीतको शब्द, भिडियो सम्पादन तथा निर्देशन विजय गौतमको रहेको छ।
गीतको मिक्सिङ तथा मास्टरिङ बलिउडका साउण्ड इन्जिनियर आमिर शेखले गरेका हुन्।