PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

इङ्लिस प्रिमियर लिगः आर्सनलमाथि लिभरपुरको ३-१ को जीत



पहिलोपोस्ट

इङ्लिस प्रिमियर लिगः आर्सनलमाथि लिभरपुरको ३-१ को जीत

इङ्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा लिभरपुरले ३–१ गोल अन्तरले आर्सनलमाथि जीत निकालेको छ।

घरेलु मैदान एन्फिल्डमा भएको खेलमा जोइल माटिफले खेलको ४१औँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए। त्यस्तै ४९ औँ मिनेटमा मोहम्मद सलाहले गोल गर्दै टिमलाई २ गोलको अग्रता दिलाएका थिए।

खेलको ५८ औँ मिनेटमा आइपुग्दा सलाहले नै फेरि पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल गर्दै खेल ३–० शून्यको अवस्थामा पुर्‍याए।

यता, आर्सनलका लागि ८५ औँ मिनेटमा लुकास टोरेइराले सान्त्वना गोल फर्काएका थिए।
यो सिजन इपिएलमा लिभरपुलको लगातार तेस्रो जित हो। यसअघि नरविच सिटी र साउथह्याम्पटनलाई लिभरपुलले पराजित गरेको थियो। आर्सनलको सिजनको पहिलो हार हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell