PahiloPost

Jul 12, 2025 | २८ असार २०८२

ला लिगाः घरेलु मैदानमा रियलको बराबरी



पहिलोपोस्ट

ला लिगाः घरेलु मैदानमा रियलको बराबरी
फोटोः इपिए

स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा उपाधि दाबेदार मानिएको रियल माड्रिड भालाडोलिडसँग बराबरीमा रोकिएको छ।

शनिबार राति भएको खेलमा रियालले भालाडोलिडसँग १–१ गोलको बराबरी खेलेको हो। खेलमा मड्रिडका लागि ८२ औं मिनेटमा बेन्जेमाले गोल गरेका थिए। यद्यपि मड्रिड अन्तिम समयमा आएर अग्रता जोगाउन सकेन। खेलको ८८ औं मिनेटमा भालाडोलिडका सेर्जी ग्वार्डिओलाले गोल गर्दै खेल बराबरीमा पुर्‍याए।
 
पहिलो खेलमा सहज जीत निकालेको मड्रिडले दोस्रो खेलमा बराबरी खेल्दै ४ अंक जोडेको छ। भालाडोलिडले पनि पहिलो खेलमा जित र दोस्रोमा बराबरी खेल्दै समान ४ अंक नै जोडेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell