
बार्सिलोनाका कप्तान लियोनल मेस्सी स्पेनिस ला लिगा अन्तर्गतको आज राति रियाल बेटिससँगको खेलमा मैदान बाहिरै रहने भएका छन्। ला लिगामा यो सिजनको पहिलो खेलमा खेलमा एथ्लेटिक क्लबसँग पनि चोटका कारण नखेलेका मेस्सी पुनः दोस्रो खेल पनि नखेल्ने भएका हुन।
उनलाई अभ्यासका क्रममा पिडुँलामा चोट लागेको थियो। उनी शनिबार पनि अभ्यासमा अनुपस्थित रहेका थिए। यता पहिलो ला लिगाको सिजनको पहिलो खेलमै एथ्लेटिक क्लबसँग पराजित भएसँगै प्रशिक्षक अर्नेस्टो भाल्भेर्डेमाथि दबाब थपिएकोे थियो। यद्यपि, उनले आफ्ना कप्तानको फिटनेसमा कुनै जोखिम लिन नचाहेको बताएका छन्। ‘हामी मेस्सीलाई लिएर कु्नै जोखिम लिन चाहँदैनौ,’ प्रशिक्षक भाल्भेर्डेले भने ‘हामीले केही समय प्रतिक्षा गर्नै पर्छ। जब उनी खेलका लागि तयार हुन्छन्।’
आजको खेलमा डेम्बेले तथा स्वारेज पनि स्वारेज पनि मैदान बाहिरै रहने छन्। स्वारेज एथ्लेटिक क्लबसँगको खेलमा पिडुँलामा चोट लागेको थियो। यो सँगै बार्सिलोनालाई आक्रमणमा समस्या हुन सक्ने देखिएको छ।
सिजनको पहिलो खेलमै पराजय भोेगेको बार्सिलोना त्यसै पनि दबाबमा रहने छ। त्यसमा पनि महत्वपूर्ण खेलाडी घाइते हुँदा बार्सिलोना थप दबाबमा रहने छ।