PahiloPost

Mar 31, 2026 | १७ चैत्र २०८२

कस्तो छ प्रधानमन्त्रीको स्वास्थ्य अवस्था? सिंगापुरको नेसनल युनिभर्सिटी हस्पिटलमा उपचार सुरु



पहिलोपोस्ट

कस्तो छ प्रधानमन्त्रीको स्वास्थ्य अवस्था? सिंगापुरको नेसनल युनिभर्सिटी हस्पिटलमा उपचार सुरु

काठमाडौं: सिंगापुरमा प्रधानमन्त्री के पी शर्मा ओलीको स्वास्थ्य उपचार सुरु भएको छ। सिंगापुरस्थित नेसनल युनिभर्सिटी हस्पिटलमा शुक्रवार नै प्रधानमन्त्री ओलीको उपचार सुरु भएको प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले सामाजिक सञ्जाल ट्विटरमार्फत आज बिहान जानकारी दिएका छन्। प्रधानमन्त्री ओलीको स्वास्थ सामान्य रहेको छ।

प्रधानमन्त्री ओली स्वास्थ उपचारका लागि बिहीवार सिंगापुरतर्फ गएका थिए। प्रधानमन्त्री ओलीका सल्लाहकार रिमालका अनुसार ओलीको प्लाज्मा फेरिसस प्रक्रिया शुक्रवार नै शुरु भएको छ।

सल्लाहकार रिमालले प्रधानमन्त्री ‌ओलीको निजी चिकित्सक प्रोफेसर डा. दिव्यासिंह शाहलाई उद्धृत गर्दै प्लाज्मा फेरेसिस प्रक्रिया अरु केही पटक गर्नुपर्ने जानकारी पनि दिएका छन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell