PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

बाघको आक्रमणबाट बर्दियामा एक वृद्धको मृत्यु



रासस

बाघको आक्रमणबाट बर्दियामा एक वृद्धको मृत्यु
फोटो: रासस ।

बर्दिया: बर्दियाको ठाकुरबाबा नगरपालिकामा पाटेबाघको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ। आज बिहान ७:३० बजे ठाकुरबाबा नगरपालिकाका–१ भुरीगाँउ बस्ने ७० वर्षीय पहाडिया थारूको मृत्यु भएको हो।

बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको पाटेबाघको आक्रमणबाट घरबाट नजिकै रहेको बङ्गुरलाई दाना हाल्दै गर्दा एक्कासी बाघले आक्रमण गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बङ्गुरलाई दाना हाल्दै गर्दाको समयमा थारूलाई एक्कासी पाटेबाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोलाले बताए।

थारुको घटनास्थलमै मृत्यु भएको थियो। बर्दियामा केही दिनयता बाघ बढेसँगै वन तथा निकुञ्जबाट बाहिर निस्केर आक्रमण गर्ने क्रम बढेको स्थानीय बासिन्दाको गुनासो छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell