PahiloPost

May 20, 2026 | ६ जेठ २०८३

विमोचनमा किताब उल्टो समाउँदा जाहन्वी बनिन् ट्रोलको शिकार



पहिलोपोस्ट

विमोचनमा किताब उल्टो समाउँदा जाहन्वी बनिन् ट्रोलको शिकार

'धडक' गर्ल जाहन्वी कपुर हालै दिल्लीमा आयोजित बुक लन्च कार्यक्रममा पुगेकी थिइन्। जाहन्वीले उल्टो पुस्तक समाएर लन्च गर्दा उनी ट्रोलको शिकार भएकी छिन्।

उक्त तस्बिर सामाजिक सञ्जालमा भाइरल भएसँगै उनी ट्रोलको शिकार भएकी हुन्। कार्यक्रममा अतिथि बनेर पुगेकी जाहन्वीले 'कोलिङ सहमत' पुस्तक लन्च गरेकी थिइन्। पुस्तकको कभर नहेरी पुस्तक उल्टो समात्दै पोज दिँदै गर्दा क्यामेराम्यानले उनका धेरै तस्बिर लिएका थिए। उक्त तस्बिर भाइरल भएसँगै सामाजिक सञ्जालमा उनको आलोचना भइरहेको छ।

जाहन्वीको तस्बिरमा कमेन्ट गर्दै एक सामाजिक सञ्जाल प्रयोगकर्ताले लेखेका छन् 'उल्टो पुस्तक लन्च भइरहेको छ।' त्यस्तै अर्का प्रयोगकर्ताले लेखेका छन्, 'तपाईंभन्दा त श्रीदेवी नै राम्री हुनुहुन्थ्यो।'

डेब्यु फिल्म 'धडक' बाट नै चर्चामा आएकी जाहन्वी हाल गुन्जन सक्सेनाको बायोपिक 'कारगिल गर्ल' र 'रुह अफ्जा' को सुटिङमा व्यस्त छिन्। यी दुई फिल्मपछि उनी करण जौहरको फिल्म 'तख्त' मा पनि देखिँदै छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell