PahiloPost

Jul 12, 2025 | २८ असार २०८२

चितवनमा सोमबार बिहानैदेखि प्रदर्शनमा रोक, यी हुन् निषेधाज्ञा लगाइएका क्षेत्र



पहिलोपोस्ट

चितवनमा सोमबार बिहानैदेखि प्रदर्शनमा रोक, यी हुन् निषेधाज्ञा लगाइएका क्षेत्र

काठमाडौं: जिल्ला प्रशासन कार्यालय चितवनले निषेधाज्ञा जारी गरेको छ। शालिकराम पुडासैनी हत्या प्रकरणमा न्यायिक प्रक्रियालाई समेत अवरुद्ध गर्नेगरी प्रदर्शन भइरहेको भन्दै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो।

स्थानीय प्रशासन ऐन २०२८ को दफा(६) अनुसार प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले निषेधाज्ञा आदेश जारी गरेका हुन्।

सोमबार बिहान ६ बजेदेखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो। अशान्ति गर्ने उदेश्यबाट एकै ठाउँमा पाँच जनाभन्दा बढी भेला नहुन पनि प्रशासनले सचेत गराएको छ।

निषेधाज्ञा आदेश अनुसार पूर्वमा बाइपास सडकतर्फको आन्तरिक राजस्व कार्यालयको चोकदेखि घरेलु चोकसम्म प्रदर्शनमा रोक लगाइएको छ। यस्तै पश्चिममा पूर्व पश्चिम लोकमार्गको सप्तगण्डकी अस्पताल चोकदेखि चौबिसकोठीसम्म प्रदर्शनमा रोक लगाइएको हो।

उत्तरमा बाइपासतर्फको आन्तरिक राजस्व कार्यालय चोकदेखि भरतपुर अस्पताल, पुरानो मेडिकल कलेज जाने चोक, नारायणी मावि, कृषि ज्ञान केन्द्र हुँदै पश्चिम लोकमार्गतर्फको चोकसम्म प्रदर्शनमा रोक लगाइएको छ। दक्षिणमा बाइपास सडकदेखि घरेलु कार्यालय चोकदेखि दूरसञ्चार चोक हुँदै पूर्व पश्चिम लोकमार्गतर्फको सप्तगण्डकी अस्पताल चोकसम्म प्रदर्शनमा रोक लगाइएको छ।

पुडासैनी हत्या प्रकरणमा टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने, पत्रकार युवराज कँडेल र घटनामा जोडिएकी युवती अस्मिता कार्कीविरुद्ध आइतबार जिल्ला अदालतमा मुद्दा दायर भएको छ। अभियुक्तको बयान आइतबार नै सुरु भए पनि प्रक्रिया जारी छ। सोमबार थुनछेक बहस हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell