
काठमाडौं: काठमाडौँको सिनामंगलमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन्। सिनामंगलस्थित कार्गो कार्यालय अगाडि आइतबार राति तीनकुनेबाट गौशालातर्फ जाँदै गरेको बा २ ख ४३१७ नम्बरको टिपरले बा ८५ प ५६९, बा ३८ प २३९३ र ना ४३ प ८७३५ नम्बरको तीनवटा मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको घटनास्थलमा मृत्यु भएको हो।
मृत्यु हुनेमा बा ३८ प २३९३ नम्बरका चालक पासाङ भोटे रहेका छन्। बा ८५ प ५६९ नम्बरका चालक छाङवुङ भोटे, ना ४३ प ८७३५ नम्बरका चालक प्रमोद धिताल भने गम्भीर घाइते भएकाले काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचार भइरहेको छ। यस्तै घाइते सिसम वाग्ले र प्रवीन धितालको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको ट्राफिक प्रहरीले जनाएको छ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी वसन्तकुमार पन्तले तीव्र गतिमा आएको टिपरले तीनवटा मोटरसाइकललाई एकैपटक ठक्कर दिएको जानकारी दिए। चालकलाई भने नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ। रासस