
काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (ने क पा) को सचिवालय बैठक आज बस्दैछ। सांगठनिक एकताका बाँकी काम सम्पन्न गर्नका लागि सचिवालय बैठक बोलाइएको हो। पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि सिंगापुरमा रहेका बेला अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठक बोलाएका हुन्।
प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार सांगठनिक एकताका बाँकीबारे छलफलका लागि बैठक बोलाइएको हो। बैठक पार्टी कार्यालय धुम्बाराहीमा ११ बजे बस्नेछ।
प्रधानमन्त्री ओली उपचारका लागि सिंगापुर प्रस्थान गर्नुअघि महत्वपूर्ण सांठगनिक संरचनाबारे निर्णय भइसकेको छ। बाँकी काम टुंगो लगाउन प्रचण्डसहितका नेताहरुलाई जिम्मेवारी दिएर ओली सिंगापुर प्रस्थान गरेका हुन्।
ने क पामा अब प्रवास कमिटी, पोलिटब्यूरो गठन, केन्द्रीय सदस्यहरुको कार्यविभाजन लगायतका निर्णय हुन बाँकी छन्।