PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

ग्रिजमनको उत्कृष्ट प्रदर्शनसँगै बार्सिलोनाद्वारा सिजनको पहिलो जित दर्ता

ग्रिजमनको उत्कृष्ट प्रदर्शनसँगै बार्सिलोनाद्वारा सिजनको पहिलो जित दर्ता

पहिलोपोस्ट /पहिलोपोस्ट


स्पेनिस ला लिगामा गएराति भएको खेलमा बार्सिलोनाले बेटिसमाथि ५–२ को प्रभावशाली जित निकालेको छ। कप्तान लियोनेल मेस्सी, स्वारेजलगायतका खेलाडी घाइते भएकाले बार्सिलोना धेरै दबाबमा हुने अनुमान लगाइएको थियो। यद्यपि, एन्टोनी ग्रिजमनको महत्वपूर्ण २ गोलसँगै बार्सिलोनाले सहज जित निकाल्न सफल भएको हो।

बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा भएको खेलको १५ औँ मिनेटमा फेकिरको गोलमा बेटिसले अग्रता लिएको थियो। तर, बार्सिलोनाका लागि ४१ औं मिनेटमा गोल गर्दै ग्रिजमनले खेल बराबरीमा ल्याए। पहिलो हाफ १–१ को बराबरीमा रोकिए पनि दोस्रो हाफमा भने गोलको वर्षा भएको थियो। खेलको ५० औं मिनेटमा फेरि ग्रिजमनले नै गोल गर्दै २–१ को अग्रता दिलाएका थिए। त्यस्तै, ५६ औं मिनेटमा चार्ल्स पेरेजले गोल गरे भने लगत्तै ६० औं मिनेटमा जोर्डी अल्बाले गोल गर्न सफल भए। यसगरी खेलको ७७ मिनेटमा भिडालले गोल गर्दा बार्सिलोना ५–१ ले अघि रहेको थियो। तर, ७९ औं मिनेटमा लोरेन मोरोनले अर्को सान्त्वना गोल गर्दै खेल ५–२ मा पुगेको थियो।

यो सँगै एथ्लेटिको मड्रिडबाट जुलाईमा बार्सिलोना पुगेका ग्रिजमनले घरेलु मैदानमा सुखद सुरुवात गरेका छन्। ला लिगाको यो सिजनको पहिलो खेलमै एथ्लेटिक क्लबसँग पराजित भएसँगै बार्सिलोनालाई दबाब बढेको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell