PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

वेष्ट इन्डिजमाथि भारतको कीर्तिमानी जित



पहिलोपोस्ट

वेष्ट इन्डिजमाथि भारतको कीर्तिमानी जित

वेष्ट इन्डिजविरुद्धको पहिलो टेष्टमा भारतले कीर्तिमानी जित हासिल गरेको छ। भारत ३१८ रनले विजयी भएको छ।

टस हारेर इनिङ्सको सुरुवात गरेको भारत पहिलो इनिङ्समा २९७ रनमा अलआउट भएको थियो। भारतका लागि अजिन्क्या रहfणेले ८१ तथा रवीन्द्र जडेजाले ५८ रनको योगदान दिएका थिए। ओपनर केएल राहुलले ४१ रन जोड्दा अन्य ब्याट्सम्यानको प्रदर्शन उल्लेख्य रहेन।

वेष्ट इन्डिजले पनि पहिलो इनिङ्समा उत्कृष्ट सुरुवात दिन सकेन। रोष्टन चेज र कप्तान जेसन होल्डर बाहेकका अन्य खेलाडीले खासै प्रदर्शन गर्न नसक्दा इन्डिज पहिलो इनिङ्समा २२२ रनमै अलआउट भयो। चेजले ४८ र होल्डरले ३९ रन जोडे।

७५ रनको अग्रतासहित इनिङ्सको सुरुवात गरेको भारतले दोस्रो इनिङ्समा रहाणेको शतकको मदतले ३४३ रन जोडेको थियो। वेष्ट इन्डिजले जितका लागि ४१९ रनको लक्ष्य पाएको थियो।

तर, दोस्रो इनिङ्समा केमर रोच र चेज बाहेकका कुनै पनि खेलाडीले दोहोरो अंकसमेत छुन नसक्दा इन्डिजले ठूलो हार ब्यहोरेको हो।

इन्डिजको इनिङ्स ध्वस्त पार्ने क्रममा भारतका इशान्त शर्माले आठ विकेट लिए। पहिलो इनिङ्समा ५ विकेट लिएका शर्माले दोस्रो इनिङ्समा ३ विकेट लिए। भारतका जसप्रित बुहराले दोस्रो इनिङ्समा ५ विकेट लिए।

वेष्ट इन्डिजका केमर रोचले पहिलो इनिङ्समा ४ विकेट लिए। यस्तै, रोष्टन चेजका नाममा दोस्रो इनिङ्सको चार विकेट रह्यो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell