PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

प्रचण्डको अध्यक्षतामा ने क पाको सचिवालय बैठक धुम्बाराहीमा शुरु, टुंगो लाग्ला एकताका बाँकी काम?



कुञ्जरमणि भट्टराई

प्रचण्डको अध्यक्षतामा ने क पाको सचिवालय बैठक धुम्बाराहीमा शुरु, टुंगो लाग्ला एकताका बाँकी काम?

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (ने क पा) को सचिवालय बैठक पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा शुरु भएको छ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमा ने क पाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहिलोपटक बैठक डाकेका हुन्। बैठकको अध्यक्षता प्रचण्डले गरिरहेका छन्। 

बैठकमा प्रधानमन्त्री ओलीबाहेक ८ जना सचिवालय सदस्य उपस्थित छन्। यसअघि सचिवालयको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै आएको थियो। पार्टी एकतापछि धुम्बाहाराहीमा गत मंसिरमा एक पटक स्थायी समितिको बैठक बसेको थियो। 

आजको सचिवालय बैठक सांगठनिक एकताका बाँकी काम सम्पन्न गर्न बोलाइएको हो।

प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार सांगठनिक एकताका बाँकी कामबारे छलफलका लागि बैठक बोलाइएको हो।

प्रधानमन्त्री ओली उपचारका लागि सिंगापुर प्रस्थान गर्नुअघि महत्वपूर्ण सांठगनिक संरचनाबारे निर्णय भइसकेको छ। बाँकी काम टुंगो लगाउन प्रचण्डसहितका नेताहरुलाई जिम्मेवारी दिएर ओली बिहीवार सिंगापुर प्रस्थान गरेका हुन्।

ने क पामा अब प्रवास कमिटी, पोलिटब्यूरो गठन, केन्द्रीय सदस्यहरुको कार्यविभाजन लगायतका निर्णय हुन बाँकी छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell