PahiloPost

Jul 12, 2025 | २८ असार २०८२

मैत्रीपूर्ण फुटबलः नेपाल र मलेसियन सुपर लिग च्याम्पियन जोहार डारुल टाजिम भिड्ने



पहिलोपोस्ट

मैत्रीपूर्ण फुटबलः नेपाल र मलेसियन सुपर लिग च्याम्पियन जोहार डारुल टाजिम भिड्ने

मलेसियाको सुपर लिग च्याम्पियन जोहार डारुल टाजिमसँग नेपालले आज मैत्रीपूर्ण खेल खेल्दै छ।

कतारमा आयोजना हुने सन् २०२२ को फिफा विश्वकपअन्तर्गत एसिया क्षेत्रको दोस्रो चरणको छनोटको तयारीका लागि नेपालले मलेसियाको सुपर लिग विजेतासँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो। आज बेलुकी हुने खेलमा टिकट निशुल्क रहेको एन्फाले जनाएको छ। खेल बेलुकी ८ः४५ मा शुरु हुने छ।

 नेपाली टोली भदौ ६ गते मलेसिया प्रस्थान गरेको थियो। खेलाडी खेलाडी विदाइ कार्यक्रममा  नेपाली फुटबल टिमका प्रशिक्षक योहान कालिनले बलियो प्रतिद्वन्दीसँग खेल्ने मौका भएको प्रतिक्रिया दिएका थिए।

मैत्रीपूर्ण खेलमा नेपाली टिमको कप्तानी सुजल श्रेष्ठले गर्ने छन्। नेपाली टोलीमा नियमित सदस्य तथा कप्तान विराजसँगै किरण चेम्जोङ र रोहित चन्द पनि टिममा छैनन् भने स्ट्राइकर विमल घर्तीमगर, दिनेश राजवंशी र हेमन गुरुङले टिममा पुनरागमन गरेका छन्।

नेपाली टोलीमा को को?

गोलकिपरः विकेश कुथु, एलन न्यौपाने,विशाल श्रेष्ठ
डिफेन्डर: सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रजिन धिमाल, सुमन अर्याल
मिडफिल्डरः सुनील वल, रवि पासवान, अन्जन बिष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ,विशाल राई
स्ट्राइकरः विमल घर्तिमगर, विमल राना, अभिषेक रिजाल, नवयुग श्रेष्ठ

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell