PahiloPost

May 20, 2026 | ६ जेठ २०८३

मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्रीको अभौतिक सहभागिता, पहिलो पटक सिंगापुरबाटै बैठकमा प्रधानमन्त्री



पहिलोपोस्ट

मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्रीको अभौतिक सहभागिता, पहिलो पटक सिंगापुरबाटै बैठकमा प्रधानमन्त्री

काठमाडौं : पहिलो पटक मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली 'भर्चुअल' (अभौतिक) रुपमा उपस्थित भएका छन्।

उपचारका लागि सिंगापुरमा रहेका प्रधानमन्त्री ओली भिडियो कन्फ्रेन्समार्फत् मन्त्रिपरिषद बैठकमा सहभागी भएका हुन्।

१० दिन सिंगापुरमा उपचार गराएर नेपाल फर्केको १० दिनमै फेरि सिंगापुर गएका प्रधानमन्त्री ओली अझै कति समय उता रहने हुन् भन्ने यकिन छैन। त्यसैले आजको मन्त्रिपरिषद बैठकमा उनी भर्चुअल रुपमा सहभागी भएका हुन्।

प्रधानमन्त्री ओलीले बैठकपछि ट्विट गर्दै टेलिप्रिजेन्स मार्फत् मन्त्रिपरिषद बैठक बस्न सकेको उल्लेख गरेका छन्। उनले प्रविधि र प्राविधिकलाईसमेत धन्यवाद दिएका छन्।

प्रविधिको प्रयोग गरेर बसेको यो पहिलो क्याबिनेट हो।

यसअघि प्रधानमन्त्री ओलीले यसैगरी सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग छलफल गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell