PahiloPost

May 20, 2026 | ६ जेठ २०८३

प्रमको भर्चुअल क्याबिनेटमाथि कमल थापाको टिप्पणी : वाइह्यात र देखावटी तामझाम



पहिलोपोस्ट

प्रमको भर्चुअल क्याबिनेटमाथि कमल थापाको टिप्पणी : वाइह्यात र देखावटी तामझाम

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली अभौतिक रुपमा सहभागी भएको आज दिउँसोको क्याबिनेट मिटिङलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले 'वाइह्यात र देखावटी तामझाम' भएको टिप्पणी गरेका छन्।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले सिंगापुरदेखि काठमाडौं: भन्दै पहिलो पटक टेलिकन्फ्रेन्स मार्फत् मन्त्रिपरिषद बसेको फोटोसहित ट्विट गरेपछि कमल थापाले प्रतिक्रिया दिएका हुन्।

थापाले लेखेका छन् - न देशमा आपतकाल छ, न तत्काल वितिहाल्ने काम छ, सरकार प्रति जनताको वितृष्णा बढ्दै छ, यस्तो अवस्थामा किन यस्तो वाइह्यात र देखावटी तामझाममा उपचाररत प्रमलाई प्रोत्साहित गरिन्छ?

उपचारका लागि सिंगापुरमा रहेका प्रधानमन्त्री आज क्याबिनेटमा भर्चुअल रुपमा सहभागी भएका थिए। उपचारमा गएका प्रधानमन्त्रीलाई बैठकमा सहभागी गराउनुपर्ने कुनै काम नभएको थापाको टिप्पणी छ। उनले विष्णु रिमाललाई सुझाएका छन् - विष्णु रिमालजी कमसेकम तपाइँले त सहि सुझाव दिनुपर्ने हो।

कमल थापाको प्रतिक्रियापछि प्रधानमन्त्रीको सचिवालयमा कार्यरत रामशरण बजगाईले तत्काल प्रतिक्रिया जनाइहालेका छन्। उनको यस्तो छ रिप्लाइ : 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell