PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

ने क पाको सचिवालय बैठकः विदेश विभागको उपप्रमुखमा विष्णु रिजाल, ककसले पाए जिम्मेवारी



कुञ्जरमणि भट्टराई

ने क पाको सचिवालय बैठकः विदेश विभागको उपप्रमुखमा विष्णु रिजाल, ककसले पाए जिम्मेवारी

काठमाडौं: सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा) को आज बसेको सचिवालयको ३२ औं बैठकले बिभिन्न जिल्ला, जनसंगठन र विभागका उपप्रमुख तथा सह-इञ्चार्जहरु थप गरेको छ।

ने क पा अध्यक्ष प्रचण्डले पहिलो पटक अध्यक्षता गरेको बैठकले कानुनमन्त्री भानुभक्त ढकाललाई राष्ट्रिय सुरक्षा विभागको प्रमुखको जिम्मा दिएको छ। सुरक्षा विभागको उपप्रमुखमा रामकुमार राईलाई ल्याइएको छ। राईलाई यसअघि खोटाङको सह-इञ्चार्जको जिम्मेवारी दिइएको थियो। उनलाई त्यस जिम्मेवारीबाट हटाइएको ने क पाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

ने क पाको पार्टी कार्यालय धुम्बाराहीमा सोमबार बसेको बैठकले विष्णु रिजाललाई विदेश विभागको उपप्रमुखमा नियुक्त गरेको छ। बैठकले नीति अध्ययन प्रतिष्ठानको सहसंयोजकमा पूर्वराजदूत प्रमेश हमाललाई चयन गरेको छ। यसअघि हमाल ललितपुरको सह-इन्चार्ज थिए। उनलाई सह-इन्चार्जबाट हटाएर सह-संयोजकको जिम्मेवारी दिएको हो।

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेललाई प्रादेशिक मामिला विभागको उपप्रमुख नियुक्त गरिएको छ। सहकारी तथा गरिबी निवारण विभागको उपप्रमुख कमल चौलागाईंलाई दिइएको छ। पहिले यसमा धर्मदत्त चौलागाईँलाई दिइएको थियो। उनको साटो कमललाई ल्याइएको प्रवक्ता श्रेष्ठले जानकारी दिए। र प्रेस संगठनको सह-ईन्चार्जको जिम्मेवारी महेश्वर दाहाललाई दिइएको छ।

अखिल नेपाल महिला संघको सह-इन्चार्जमा अम्बिका थापा र सीता पौडेललाई थप गरिएको छ। आदिवासी जनजाति महासघ नेपाल र संबद्ध संगठनहरुको सह-इन्चार्जमा सुरेश आले मगर र शेरबहादुर तामाङलाई थप गरिएको छ। नेतृ रामकुमारी झाँक्रीलाई इन्जिनियरहरुको संगठनको सह-इञ्चार्ज तोकिएको छ।

त्यस्तै बैठकले  देवेन्द्र पराजुली र कल्पना धमला तथा विप्लव समूहको नेकपा छोडेर आएका पदम राई र किरण राईलाई केन्द्रीय सदस्यमा मनोनयन गरेको हो।

कसले कुन जिम्मेवारी पाए ?

भानुभक्त ढकाल : राष्ट्रिय सुरक्षा विभाग प्रमुख

डोरमणि पौडेल : प्रादेशिक मामिला विभाग उपप्रमुख

बेदुराम भुसाल : स्कुल विभाग उपप्रमुख

विष्णु रिजाल : विदेश विभाग उपप्रमुख

रामकुमार राई : सुरक्षा विभाग उपप्रमुख

कमल चौलागाई : सहकारी विभाग उपप्रमुख

प्रमेश हमाल : नीति अध्ययन प्रतिष्ठान सह-संयोजक

रामकुमारी झाँक्री : इन्जिनियर संबद्ध संगठन सह-इन्चार्ज

अमृता थापामगर : महिला संघ सह-इन्चार्ज

सीता पौडेल : महिला संघ सह-इन्चार्ज

सत्य पहाडी : कर्णाली सम्पर्क कमिटी इन्चार्ज

वीरमान चौधरी : सुदूरपश्चिम सम्पर्क कमिटी इन्चार्ज

सुरेश आलेमगर : आदिवासी जनजाति सह-इन्चार्ज

शेरबहादुर तामाङ : आदिवासी जनजाति सह-इन्चार्ज

तिलक परियार : दलित मोर्चा सह-इन्चार्ज

बोमबहादुर विक : दलित मोर्चा सह-इन्चार्ज

महेश्वर दाहाल : प्रेस संगठन सह-इन्चार्ज

केदार न्यौपाने : जनसांस्कृतिक महासंघ इन्चार्ज

खगेन्द्र राई : जनसांस्कृति महासंघ सह-इन्चार्ज

जीवन घिमिरे : खेलकुद महासंघ सह-इन्चार्ज

अजम्बर काङमाङ : खेलकुद महासंघ सह-इन्चार्ज

हिक्मत कार्की : शिक्षक स‌ंबद्ध मोर्चा सह-इन्चार्ज

जिल्ला सहइन्चार्जहरु

तिलकुमार मेन्याङबो : ताप्लेजुङ

भगवती चौधरी : सुनसरी

प्रमोदनारायण यादव : सिरहा

हरिनारायण चौधरी : सिरहा

चुडामणि जंगली : कास्की

दीपक देवकोटा : कैलाली

रामचन्द्र साह तेली : पर्सा इन्चार्ज



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell