
काठमाडौं: निजी क्षेत्रको सबैभन्दा ठूलो पत्रिका कान्तिपुर दैनिकमा सम्पादक फेरिएका छन्। कान्तिपुरका प्रधान सम्पादक नारायण वाग्ले १४ महिना पूरा नहुँदै बाहिरिएका छन् भने सुधीर शर्माको रि-इन्ट्री भएको छ।
कान्तिपुरको सुरुवातदेखि नै काम गरेका वाग्ले बीचमा नागरिक दैनिकका सम्पादकसमेत रहेका थिए। १३ महिनाअघि दोहोर्याएर कान्तिपुरका सम्पादकमा इन्ट्री गर्दा उनले सुधीर शर्मालाई विस्थापित गरेका थिए।
कान्तिपुरको लगानी विवादसँगै विनोदराज ज्ञवाली समूह टुक्रिँदा वाग्लेसहितको ठूलो टोली कान्तिपुरबाट बाहिरिएको अवस्थामा शर्माले कान्तिपुरलाई नेतृत्व दिएका थिए। कठिन समयमा कान्तिपुरलाई टिकाउन महत्वपूर्ण योगदान दिएका शर्मा कान्तिपुरबाट बाहिरिएपछि कतै पनि औपचारिक रुपमा जोडिएका थिएनन्।
कान्तिपुरको कठिन समयमा कुशलतापूर्वक काम गरेका शर्मालाई कान्तिपुरले पुन: भित्र्याएको हो। यसअघि नै लगातार १० वर्षसम्म शर्माले कान्तिपुरको नेतृत्व गरिसकेका छन्। त्यसअघि कान्तिपुरकै नेपाल साप्ताहिकमा दुई पटक सम्पादक रहिसकेका हुन् शर्मा। कान्तिपुरको बोर्डले प्रधान सम्पादक वाग्लेको राजीनामा स्वीकृत गरेको र सुधीर शर्मा प्रधान सम्पादकमा पुन: नियुक्ति भएको कान्तिपुरका सञ्चालक कैलाश सिरोहियाले ट्विट गर्दै जानकारी दिएका छन्।
The board of directors at Kantipur has accepted the resignation of @kantipurdaily editor-in-chief @narayanwagle.
— kailash sirohiya (@KailashSirohiya) August 26, 2019
We’re thrilled to announce that @sudheerktm has returned to become the new editor-in-chief. We at KMG welcome Sudheer and thank Narayan for a successful year!
नारायण वाग्लेले पनि राजीनामापछि ट्विट गर्दै त्यसको जानकारी दिएका छन्।
प्रिय कान्तिपुरबाट विदा; pic.twitter.com/p3fLlG7Vfr
— narayan wagle (@narayanwagle) August 26, 2019