PahiloPost

May 20, 2026 | ६ जेठ २०८३

चितवनमा प्रदर्शनकारीले निषेधित क्षेत्र तोडेपछि प्रहरी र प्रदर्शनकारीबीच झडप



पहिलोपोस्ट

चितवनमा प्रदर्शनकारीले निषेधित क्षेत्र तोडेपछि प्रहरी र प्रदर्शनकारीबीच झडप

काठमाडौं: चितवनमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ। सञ्चारकर्मी रवि लामिछानेको रिहाइको मागमा उत्रिएका प्रदर्शनकारीले निषेधित क्षेत्र तोडेपछि प्रहरीसँग झडप भएको हो। ‘केही सामान्य झडप भएको छ‘, जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकृत ईश्वर सिंखडाले भने।

पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा न्यायिक हिरासतमा रहेका सञ्चारकर्मी रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्की तीनै जनाको बयान सकिएर अहिले बहस भइरहेको छ। आइतवार प्रदर्शनकारीको भीड बढेपछि सुरक्षा चुनौतीलाई ध्यान दिँदै जिल्ला प्रशासन कार्यालय चितवनले निषेधाज्ञा जारी गरेको थियो। बिहानदेखि चौबिसकोठी चोकमा प्रदर्शन भइरहेको छ।

उत्तरमा बाइपासतर्फको आन्तरिक राजस्व कार्यालय चोकदेखि भरतपुर अस्पताल, पुरानो मेडिकल कलेज जाने चोक, नारायणी मावि, कृषि ज्ञान केन्द्र हुँदै पश्चिम लोकमार्गतर्फको चोकसम्म प्रदर्शनमा रोक लगाइएको छ। दक्षिणमा बाइपास सडकदेखि घरेलु कार्यालय चोकबाट दूरसञ्चार चोक हुँदै पूर्व पश्चिम लोकमार्गतर्फको सप्तगण्डकी अस्पताल चोकसम्म प्रदर्शनमा रोक लगाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell