PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

सुटिङ नै शुरु नभइ सलमानको 'इन्सा-अल्लाह' १९० करोड भारुमा बिक्री



पहिलोपोस्ट

सुटिङ नै शुरु नभइ सलमानको 'इन्सा-अल्लाह' १९० करोड भारुमा बिक्री

बलिउड अभिनेता सलमान खान र अभिनेत्री आलिया भट्ट सञ्जयलीला भन्सालीको फिल्म 'इन्सा-अल्लाह' मा अनुबन्धित भएसँगै फिल्मको चर्चा चुलिएको छ। छायांकन समेत सुरु नहुँदै फिल्मको थिएट्रिकल राइट्स कीर्तिमानी रकममा बिक्री भएको नवभारत टाइम्सले उल्लेख गरेको छ।  

'इन्सा-अल्लाह' १९० करोड भारतीय रुपैयाँमा बिक्री भएको छ। सलमान र भन्साली दुई दशकपछि एकसाथ फिल्ममा काम गर्दैछन्। उनीहरुले पहिलो पटक 'हम दिल दे चुके सनम'मा सँगै काम गरेका थिए।

निर्देशक भन्सालीले यो फिल्मलाई सिनेमा हलमा प्रदर्शन अधिकारका लागि १६५ करोड भारतीय रुपैयाँमा बेचेका हुन् भने प्रमोशन र विज्ञापनको लागि उनले थप २५ करोड रुपैँयाँ लिएका छन्।

'इन्सा-अल्लाह' मा सलमान र आलिया भने पहिलो पटक एकसाथ देखिँदै छन्। यो फिल्म अर्काे वर्ष सन् २०२० मा रिलिज हुने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell