PahiloPost

Jul 12, 2025 | २८ असार २०८२

रवि लामिछानेलाई ५ लाख धरौटीमा रिहा गर्न आदेश



पहिलोपोस्ट

रवि लामिछानेलाई ५ लाख धरौटीमा रिहा गर्न आदेश

काठमाडौं: पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा न्यायिक हिरासतमा रहेका सञ्चारकर्मी रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्की तीनै जनालाई धरौटीमा रिहा गर्न जिल्ला अदालत चितवनले आदेश दिएको छ।

जिल्ला अदालत चितवनका न्यायाधीश हेमन्त रावलको इजलाशले धरौटीमा रिहा गर्न आदेश दिएको हो। अदालतले रविलाई पाँच लाख, युवराजलाई तीन लाख र अस्मितालाई साधारण तारिकमा छोड्न आदेश दिएको हो।

आइतवार सरकारी वकिल कार्यालयले अदालतमामा मुद्धा दर्ता गराएपछि हिजोबाट नै बयान सुरु भएको थियो। आइतवार अस्मिता कार्कीको बयान लिइएको थियो। आज भने अदालतले संचारकर्मी रवि लामिछाने र युवराज कँडेलको बयान लिएको हो। आज सुरुमा कँडेलको बयान लिइएको थियो। जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले उनको बयान लिएको थियो।

मुलुकी संहितामा आत्महत्या गर्न बाध्य पार्नेलाई कारवाही हुने व्यवस्था छ। आत्महत्या दुरुत्साहनमा ५ वर्षसम्म कैद र रु ५० हजारसम्म जरिवाना हुने व्यवस्था छ। यसै प्रकारका अन्य ६ वटा मुद्धा चितवन अदालतमा दर्ता भइसकेका छन्।

आजका यी सामग्री पनि तपाईँको रुचीको विषय हुनसक्छ :

आत्महत्या गर्नुअघि शालिकरामको 'त्यो १२ घन्टा'

मृतक प्रेमी, पीडित चाहिँ प्रेमिका, बीचमा भने रवि : यस्तो छ अस्मिताको बयान

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell