PahiloPost

Jul 12, 2025 | २८ असार २०८२

साफ यू-१५ः नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्ने



पहिलोपोस्ट

साफ यू-१५ः नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्ने
तस्बिर: एन्फा

काठमाडाै‌: दक्षिण एसियाली खेलकुद अन्तर्गत भारतको कल्याणीमा जारी यू-१५ फुटबलमा नेपालले आज बंगलादेशको सामना गर्दै छ।

पहिलो खेलमा आयोजक भारतसँग ५–० को लज्जास्पद हार बेहोरेको नेपालले दोस्रो खेलमा श्रीलंकामाथि २–० को जित निकालेको थियो। आज हुने तेस्रो खेलमा नेपालले बंगलादेशको सामना गर्ने भएको हो। नेपालले आज दिउँसो ३ः१५ मा खेल खेल्ने छ।

प्रतियोगितामा बंगलादेश बलियो देखिएको छ। बंलादेशले यसअघि भुटानमाथि ६–२ र श्रीलंकामाथि  ७–१ को गोलअन्तरले जित दर्ता गरेको थियो। पहिलो खेलमा पराजित भएको नेपाललाई शीर्ष २ भित्र पर्न स्पष्ट जितको आवश्यकता पर्ने छ। बंगलादेश र भारतले समान २ खेलमा फराकिलो अन्तरको जित निकालेका छन्। नेपालले भने १ खेलमा पराजित बन्दै १ खेलमा जित निकालेको छ।

नेपालले अर्को खेल १२ गते भुटानविरुद्ध खेल्ने छ। राउन्ड रोबिनको आधारमा हुने प्रतियोगितामा शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन्।    

नेपाली टोली

गोलकिपर्सः ईश्वर गुरुङ, मनोज दाहाल, जिनियस केसी

डिफेन्डर्स: प्रज्ञान महर्जन, अभिशेक वाइबा, प्रमिश गुरुङ, अजय चौधरी, जन लिम्बू, रोशन थापा

मिडफिल्डर्स: जन्मेजय धामी, निराजन मल्ल, प्रदीप लम्साल, नीतेश श्रेष्ठ, असीम राई, बिपिन तुम्सिङ मगर, अमिर हमिद, मोहित गुरुङ, निराजन खत्री, अनिल चौलागाई

स्ट्राइकर्स: कृष्ण अधिकारी यादव, कृष सापकोटा, सुगन जिमी, शशांक बोहरा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell