PahiloPost

Aug 23, 2026 | ७ भदौ २०८३

कबड्डी टोली कोरिया जाँदै



पहिलोपोस्ट

कबड्डी टोली कोरिया जाँदै

काठमाडाै‌‌:  छुङजु विश्व मार्सल आर्ट्स मास्टरसिपमा सहभागी हुन नेपाली महिला कबड्डी टोली आज दक्षिण कोरिया जाँदैछन्।

प्रतियाेगितामा सहभागी खेलाडीहरुमा मेणुकाकुमारी राजवंशी, नितु गुरुङ, कलावती ऐरी, निरुता उप्रेती, रक्षा झा, इशोदा गिरी, सावित्री राना मगर, नन्दकिशोर शाह, सम्सद मन्सुर, कल्याण भुजेल, प्रकाशप्रसाद साह र इर्साद आलम रहेका छन्।

त्यस्तै, प्रशिक्षकमा कबड्डी मुख्य प्रशिक्षक तारासिंह भाट र अर्विन्दकुमार झा तथा व्यवस्थापकमा सुन्दर प्रजापति र राजेन्द्र थापा छन्।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का निमित्त सदस्य–सचिव राजेशकुमार गुरुङ, अखिल नेपाल कबड्डी संघकी अध्यक्ष तुलसी थापालगायलते सोमबार एक कार्यक्रमबीच बिदाइ गरे। प्रतियोगिता अगष्ट २७ देखि सेप्टेम्बर ७ तारिखसम्म चल्ने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell