नेपाली अनाथ बालबालिका सहयोगार्थ कन्सर्ट युरोपमा आयोजना हुने भएको छ। ललितपुरस्थित सुन्दर र शान्त बाल कल्याणकारी संस्थाले नेपाली साङ्गीतिक कार्यक्रम आयोजना गर्न लागेको हो।
'पिस एण्ड युनिटी अ म्युजिकल टुर २०१९' नाम दिइएको उक्त साङ्गीतिक कार्यक्रम आगामी असोज २७ गते देखी २०७६ कार्तिक ७ गते सम्म युरोपको डेनमार्क, बेल्जियम र पोर्चुगलमा हुनेछ।
कार्यक्रममा गायक सुगम पोखरेल, गायिका तृष्णा गुरुङ र नायिका वर्षा रावत सहभागी हुँदै छन्। आयोजक संस्थामा रहेका असहाय बालबालिकाहरूको आधारभूत आवश्यकता पुरा गर्न संस्थाले कार्यक्रम आयोजना गर्न लागेको हो।