PahiloPost

Jul 12, 2025 | २८ असार २०८२

यू १९ क्रिकेटः अभ्यास खेलमा नेपालद्वारा एसएससीलाई २४१ रनको लक्ष्य



पहिलोपोस्ट

यू १९ क्रिकेटः अभ्यास खेलमा नेपालद्वारा एसएससीलाई २४१ रनको लक्ष्य
तस्बिर: रमन शिवाकाेटी

श्रीलंकामा हुने एसिसी यू-१९ प्रतियोगिताका लागि तयारीमा रहेको नेपाली टोलीकाे श्रीलंकाको स्थानीय सिन्हानी स्पोर्ट्स क्लबसँग मैत्रीपूर्ण खेल जारी छ। वर्षाका कारण ४२ ओभरमा छोट्याएको खेलमा नेपालले पहिला ब्याटिङ गर्दै २४० रनको लक्ष्य प्रस्तुत गरेको छ।

श्रीलंकामा रहेको नेपाली टोलीले आज मेइतल्यान्डस्थित एसएससीको मैदानमा अभ्यास खेलमा नेपालका लागि ओपनर पवन सर्राफ ३० रन र तथा रित गौतमले ३१ रन बनाए। त्यस्तै, आशिफ शेखले सर्वाधिक ८८ रन बनाउँदा सुन्दीप जोराले ३३ रन, कुशल मल्लले १० रन, कप्तान रोहित पौडेलले ८ रन, लोकेश बमले १ रन बनाए। त्यस्तै, हरिबहादुर चौहान र भीम सार्कीले अविजित १८ र १५ रन बनाए।

एसिसी यू-१९ प्रतियोगिता अगावै अभ्यासका लागि श्रीलंका पुगेको नेपाली टोलीले अन्य दुई 'ए' डिभिजन क्लबहरुसँग पनि अभ्यास खेल खेल्ने छ।

एसिसी यू-१९ प्रतियोगितामा नेपाल समूह 'बी'मा रहेको छ। समूह 'बी'मा नेपालसँगै श्रीलंका, बंगलादेश र युएई रहेका छन्। नेपालले पहिलो खेल घरेलु टोली श्रीलंकासँग सेप्टेम्बर ६ तारिखमा खेल्ने छ।

त्यस्तै दोस्रो खेल बंगलादेशसँग सेप्टेम्बर ८ मा र तेस्रो खेल युएईसँग सेप्टेम्बर १० तारिखमा खेल्ने छ। दुई समूहको शीर्ष टोलीले सेमिफाइनलमा स्थान बनाउने छन्। समूह 'ए'मा भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell