PahiloPost

Jul 12, 2025 | २८ असार २०८२

काठमाडौं ल्याउँदै गर्दा थानकोटबाट हथकडी खोलेर भाग्ने अभियुक्त पक्राउ



पहिलोपोस्ट

काठमाडौं ल्याउँदै गर्दा थानकोटबाट हथकडी खोलेर भाग्ने अभियुक्त पक्राउ

काठमाडौं: प्रहरी नियन्त्रणमा रहेकै बेला हथकडी खोलेर भाग्ने एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। महानगरीय अपराध महाशाखाको टोलीले मंगलवार रामेछाप लिखु तामाकोशी नगरपालिका वडा नम्बर १ बस्ने २६ वर्षीय रविन नेपालीलाई नियन्त्रणमा लिएको हो।

गत भदौ ४ गते काठमाडौं नागार्जुन नगरपालिका वडा नम्बर ४ सितापाइलाबाट प्रकाश तामाङको नाममा रहेको लु ५२ प ८५०५ नम्बरको मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले नेपालीलाई पक्राउ गरेको थियो। भदौ ५ गते मोटरसाइकल खरिद गर्ने भीमबहादुर सुनार र नेपालीलाई इलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीबाट खटिएको प्रहरी टोलीले बुटवल बजारबाट पक्राउ गरेको थियो। रुपन्देही जिल्ला अदालतबाट दिन ५ को म्याद थप गरी अनुसन्धानको लागि महानगरीय प्रहरी वृत्त स्वयम्भू काठमाडौं ल्याउँदै गर्दा आज बिहान उनी हथकडी खोलेर फरार भएका थिए।

थानकोट आसपास क्षेत्रमा लुकिछिपी बसेको अवस्थामा  फेला पारेर पक्राउ गरी आबश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त स्वयम्भू  पठाइएको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell