
काठमाडौं: दक्षिण एसियाली खेलकुद अन्तर्गत भारतको कल्याणीमा जारी यू १५ फुटबलमा आज भएको खेलमा नेपालले बंगलादेश लाई ४–१ को फराकिलो गोलअन्तरले पराजित गरेको छ। आज भएको खेलमा नेपालका लागि क्रिसन अधिकारी यादवले २ गोल र प्रदिप लम्सालले समान २/२ गोल गरेका हुन्।
पहिलो खेलमा आयोजक भारतसँग ५–० को लज्जास्पद हार बेहोरेको नेपालले दोस्रो खेलमा श्रीलंकामाथि २–० को जित निकालेको थियो। यो जितसँगै शीर्ष दुईमा पर्नेबाटो खुला नै रहेको छ। आजै भएको अर्को खेलमा भारतले श्रीलंकालाई ४–०ले पराजित गरेको थियो।
नेपालले अर्को खेल १२ गते भुटानविरुद्ध खेल्ने छ। राउन्ड रोबिनको आधारमा हुने प्रतियोगितामा शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन्।