PahiloPost

Jul 12, 2025 | २८ असार २०८२

पार्टी र सरकारबारे बोल्न पाइन्छ : नारायणकाजी श्रेष्ठ



पहिलोपोस्ट

पार्टी र सरकारबारे बोल्न पाइन्छ : नारायणकाजी श्रेष्ठ

काठमाडौं : ने क पाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी र सरकारको बारेमा सार्वजनिक टिप्पणी गर्न निषेध नभएको प्रस्ट्याएका छन्। श्रेष्ठले मंगलबार ट्वीट गर्दै व्यक्तिगत टीकाटिप्पणी भने गर्न नपाइने बताएका हुन्।

पार्टी र सरकारलाई कमजोर वा असफल पार्ने नियतले केही नगर्न तथा वैचारिक, नीतिगत विषयमा सार्वजनिक छलफल वा आलोचनात्मक टिप्पणी गर्न सकिने उनले जनाएका छन्।

उनले दुई घण्टाको बीचमा दुईवटा ट्वीट गर्दै पार्टीको निर्णयलाई बुझ्न आग्रहसमेत गरेका छन्।

ने क पाको सोमबार बसेको सचिवालय बैठकले पार्टीका सबै तहका नेता, कार्यकर्ता तथा सदस्यहरूलाई पार्टीको बैठकले गरेको निर्णय यस्तो छ -

नीति एवं नेतृत्वका सम्बन्धमा असहमति, आलोचना वा विरोध भएमा पार्टी विधानको व्यवस्थाबमोजिम प्रस्तुत हुन र अन्तरपार्टी जनवादको भरपुर उपभोग गर्न निर्देशित गरेको छ। पार्टीको नीतिएवं नेतृत्वका सम्बन्धमा सार्वजनिक रूपमा विरोध वा आलोचना नगर्न निर्देशित गरेको छ। पार्टीको नीति वा नेतृत्वका विरुद्धमा लेख्ने, बोल्ने वा गतिविधि गर्नेहरूप्रति पार्टी विधानबमोजिम स्पष्टीकरण सोधिने र कारवाहीको प्रक्रिया अघि बढाइने पनि निर्णय गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell