सुर्खेतः सुर्खेतमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। जाजरकोटबाट नेपालगञ्ज जाँदै गरेको ना ४ ख ९३१७ नम्बरको बस भेरीगंगा नगरपालिका -५ एमालेमोडमा दुर्घटना भएको हो।
दुर्घटनामा परी एक महिलाको घटनास्थलमै र दुई महिलाको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
बसमा ३० यात्रु सवार रहेको जनाइएको छ। प्रहरीका अनुसार दुर्घटनामा चार जना गम्भीर घाइते भएका छन्। उनीहरुको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ। घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।