PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

उपचारको क्रममा जलेश्वर कारागारका थुनुवाको मृत्यु



रासस

उपचारको क्रममा जलेश्वर कारागारका थुनुवाको मृत्यु

जलेश्वर: महोत्तरी जिल्लाको जलेश्वर कारागारमा रहँदै आएका एक थुनुवाको आज बिहान उपचारको क्रममा मृत्यु भएको छ।

मृत्यु हुनेमा धनुषा जिल्ला जनकपुर उपमहानगरपालिका–२ किशोरीनगरका ६७ वर्षीय देवनारायण ठाकुर रहेको निमित्त जेलर मकसुदन महासेठले बताए। ठाकुर कर्तव्य ज्यान मुद्दामा २०७४ साल पुस ९ गतेदेखि जलेश्वर कारागारमा पुर्पक्षमा बस्दै आएका थिए।

ठाकुरलाई आज बिहान अचानक उच्च रक्तचाप भएपछि उपचारको लागि शान्ति सामुदायिक अस्पताल जलेश्वरमा पठाइएको थियो। उनको बिहान ८:४५ बजे अस्पतालमै मृत्यु भएको हो। मृतक थुनुवा ठाकुरको शव आफन्तलाई बुझाउने तयारी भइरहेको कारागार कार्यालय महोत्तरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell