PahiloPost

Jul 1, 2026 | १७ असार २०८३

'जीवन काँडा कि फूल'को ट्रेलर सार्वजनिक, तोकियो प्रदर्शन मिति पनि



पहिलोपोस्ट

'जीवन काँडा कि फूल'को ट्रेलर सार्वजनिक, तोकियो प्रदर्शन मिति पनि

काठमाडौं: फिल्म ‘जीवन काँडा कि फूल’को ट्रेलर रिलिज भएको छ। ट्रेलरसँगै फिल्म युनिटले प्रदर्शन मिति पनि तय गरेको छ। फिल्म कार्तिक २२ गतेदेखि सार्वजनिक प्रदर्शन हुने भएको हो।

साहित्यकार झमक घिमिरेको जीवनमा आधारित फिल्ममा घिमिरे स्वयंको कथा, मुक्ति उपाध्याय बरालको पटकथा तथा संवाद रहेको छ।

फिल्ममा झमकको बाल्यावस्थाको भूमिकामा सिलीगुडीकी अवस्था थापा र वयस्कको भूमिकामा काठमाडौंकी रोजिता बुद्धाचार्यले निर्वाह गरेका छन्। झमकको बहिनीको भूमिकामा सारिका घिमिरे, बुबाको भूमिका किसन सुनार, आमाको भूमिका उमा गिरीलगायत तीसभन्दा बढी कलाकारको अभिनय रहेको छ।

फिल्मका गीतहरुमा झमक र प्रकाश सिवाकोटीको गीत रहेको छ। शिव ढकालले खिचेको फिल्ममा तारा थापा ‘किम्भे’ले सम्पादन गरेका हुन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell