PahiloPost

Aug 23, 2026 | ७ भदौ २०८३

'मिसन मंगल' महाराष्ट्रमा कर मुक्त



पहिलोपोस्ट

'मिसन मंगल' महाराष्ट्रमा कर मुक्त

फिल्म 'मिसन मंगल' भारतको महाराष्ट्रमा कर मुक्त घोषणा भएको छ।

सन् २०१३ मा भारतीय अन्तरिक्ष अनुसन्धान संगठनले भारतको पहिलो अंतरिक्ष परियोजना घोषणा गरेको थियो। 'मार्स अर्बिटर मिसन' (मंगलयान) नाम दिइएको उक्त परियोजनामाथि बनेको फिल्म हो मिसन मंगल।

फिल्ममा परियोजनामा काम गर्ने अंतरिक्ष वैज्ञानिकहरुको योगदानसँगै पृष्ठभूमी र प्रक्रियालाई देखाइएको छ। साथै फिल्मले अन्य सामाजिक विषयलाई पनि समेटेको छ।

भारतीय अंतरिक्ष वैज्ञानिकहरुको सफलताको कथा समेटेको यस फिल्म सबैले हेरुन् भन्ने हेतुले महाराष्ट्रमा कर मुक्त गरिएको बलिउड हंगामाले जनाएको छ। फिल्ममा अक्षक कुमार, विद्या बालन, सोनाक्षी सिंहा, तापसी पन्नु, शर्मान जोशी लगायतको अभिनय रहेको छ।

जगन शक्ति निर्देशित 'मिसन मंगल'ले हालसम्म एक सय ७१ करोडको बक्सअफिस कलेक्सन भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell