PahiloPost

Jul 12, 2025 | २८ असार २०८२

रानु मण्डललाई सलमान खानको उपहार: 'दबङ्ग ३'मा गीत गाउने अवसर



पहिलोपोस्ट

रानु मण्डललाई सलमान खानको उपहार: 'दबङ्ग ३'मा गीत गाउने अवसर

रानाघाट स्टेसनमा भारतमा कोइलीको उपमा पाएकी गायिका लता मंगेशकरको गीत ‘एक प्यारका नगमा है’ गाउँदै गरेको अवस्थामा भेटिएकी थिइन् रानु मण्डल। उनले गाएको भिडियो एकाएक सामाजिक सञ्जालमा भाइरल भयो।

त्यसपछि एकैचोटी उनले रेकर्डिङ स्टुडियोमा गाएको भिडियो सार्वजनिक भयो। रेल स्टेसनबाट स्टुडियो पुर्‍याएका थिए बलिउड गायक तथा संगीतकार हिमेश रेशमियाले। उनले रानुले गाएको गीत फिल्म ‘ह्याप्पी हार्डी एन्ड हीर’मा समावेश गर्ने जनाएका थिए।

पुन: अर्का बलिउड स्टारले रानुको कलाप्रति चासो देखाएका छन्। अभिनेता सलमान खानले रानुलाई 'दबङ्ग ३' का लागि गीत गाउन आग्रह गरेका हुन्। इन्डिया टुडेमा जनाए अनुसार सलमान उनको सुमधुर स्वरबाट प्रभावित भएका हुन्।

त्यस्तै उनले रानुका लागि ५५ लाख भारतीय रुपैयाँ बराबरको घर उपलब्ध गराउने खबर समेत सार्वजनिक भएको छ। तर, टाइम्स अफ इन्डियाले सलमान निकट स्रोतलाई उल्लेख गर्दै लेखेको छ- 'यस्तो कुनै पनि सल्लाह भएको छैन। सार्वजनिक खबरहरु आधिकारिक होइन।'

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell