
काठमाडौंः दक्षिण एसियाली खेलकुद अन्तर्गत भारतको कल्याणीमा जारी यू १५ फुटबलमा आज हुने खेलमा आज नेपाल भुटानसँग प्रतिस्पर्धा गर्दै छ। नेपालको खेल आज दिउँसो १२ः१५ मा सुरु हुनेछ।
पहिलो खेलमा आयोजक भारतसँग ५–० को लज्जास्पद हार ब्यहोरेको नेपालले दोस्रो खेलमा श्रीलंकामाथि २–० को जित निकालेको थियो। तेस्रो खेलमा बंगलादेश लाई ४–१ को फराकिलो गोल अन्तरले पराजित गरेको थियो। नेपाल अंक तालिकाको दोस्रो स्थानमा छ। आजै हुने अर्को खेलमा भारत र डिफेण्डिङ च्याम्पियन बंगलादेश प्रतिस्पर्धा गर्नेछन्।
राउन्ड रोबिनको आधारमा हुने प्रतियोगितामा शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन्।