
श्रीलंकामा हुने एसिसी यू १९ प्रतियोगिताका लागि तयारीमा रहेको नेपाली टोली स्थानीय बदुरालिया क्लबसँग दोस्रो अभ्यास खेल खेल्दैछ। नेपाल मंगलबार एसएससीसँगको अभ्यास खेलमा नेपाल ३ विकेटले पराजित भएको थियो।
एसिसी यू १९ प्रतियोगिता अगावै अभ्यासका लागि श्रीलंका पुगेको नेपाली टोलीले अझै एक अभ्यास खेल खेल्नेछ।
एसिसी यू १९ प्रतियोगितामा नेपाल समूह बी मा रहेको छ। समूह बी मा नेपालसँगै श्रीलंका, बंगलादेश र युएई रहेका छन्। नेपालले पहिलो खेल घरेलु टोली श्रीलंकासँग सेप्टेम्बर ६ मा खेल्नेछ।
त्यस्तै दोस्रो खेल बंगलादेशसँग सेप्टेम्बर ८ मा र तेस्रो खेल युएईसँग सेप्टेम्बर १० तारिखमा खेल्नेछ। दुई समूहको शीर्ष टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्। समूह ए मा भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत रहेका छन्।
नेपाली टिम
रोहितकुमार पौडेल (कप्तान), पवन सर्राफ, कमलसिंह ऐरी, रित गौतम, हरिबहादुर चौहान, भीम सार्की, मोहमद आसिफ शेख, सन्दीप जोरा, कुशल मल्ल, राशिद खान, सागर ढकाल, खडकबहादुर बोहोरा, सूर्य तामाङ, लोकेश बम, प्रतीश जिसी।
व्यवस्थापक – राजु खड्का, प्रशिक्षक – विनोद दास, ब्याटिङ कन्सल्टेन्ट –अपूर्व देशाई, फिजियो -विक्रम न्यौपाने, ट्रेनर –सुबास पात्रो।