PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

विद्यालयमा सेनिटरी प्याडसहितको एटिएम सञ्चालनमा



रासस

विद्यालयमा सेनिटरी प्याडसहितको एटिएम सञ्चालनमा
प्रतिकात्मक फोटो: Odisha TV।

बझाङ: छाउपडी प्रथाविरुद्ध अभियान सञ्चालन गरिरहेको छविसपाथिभेरा गाउँपालिकाले विद्यालयमा महिनावारीका बेला छात्राको पढाइमा असर नपरोस् भनेर सेनिटरी प्याडसहितको एटिएमको व्यवस्था गरेको छ।

छात्रालाई चाहिने सेनिटरी प्याडसहितको एटिएम कक्ष शुरु गर्ने बान्नीचौर मावि पहिलो स्कूल भएको छ। छविसपाथिभेरा गाउँपालिका उपप्रमुख राधिका जोशीले भनिन्, 'महिनावारी भएका कारणले स्कूल नआउने दिनको अन्त्य भएको छ।' छाउपडी प्रथाले गर्दा धेरै छात्राहरुले स्कूल छाड्नुपर्ने भएका कारण गाउँपालिकाले छाउपडी प्रथाविरुद्धको अभियान चलाउँदै आएको उनले बताइन्।

महिनावारी भएको बेला अधिकांश किशोरी विद्यालय आउन अप्ठेरो मान्ने गरेको उपप्रमुख जोशीले बताइन्। 'महिनावारीका बेला भोग्नुपरेको समस्या थाहा छ, मैले एटिएम शौचालयबारे समाचारमा पढेर आफूले पनि गाउँपालिकाभित्रका सबै माध्यमिक विद्यालयमा यो व्यवस्था गर्ने सोचका साथ काम गरेकी हूँ',  उनले विगत सम्झँदै भनिन्।

एटिएमसहितको सेनिटरी प्याड शौचालय जिल्लामै पहिलो हो, जिल्लाका अरु गाउँपालिका र नगरपालिका अभ्यासमा रहे पनि छविसपाथिभेरा गाउँपालिकाले भने शुरु गरिसकेको जोशीले बताइन्। महिनावारी हुने ५० छात्रालाई शौचालय एटिएम कार्डसमेत वितरण गरिएको छ। सेनिटरी प्याड निकाल्न एटिएममा लाग्ने शुल्क गाउँपालिकाले व्यहोर्ने उपप्रमुख जोशीले बताइन्।

एटिएम कार्ड वितरण गर्दै उनले महिनावारीले गर्दा छात्रामा आउने समस्याको न्यूनीकरण गर्नका लागि गाउँपालिकाले काम गर्दै आएको र आगामी दिनमा पनि गाउँपालिकाले छात्रामैत्री कार्यक्रमलाई निरन्तरता दिने बताइन्। 

विद्यालयले पनि प्याडका लागि लाग्ने न्यूनतम शुल्क राख्ने बान्नीचौर माविका प्राध्यापक लोकेन्द सिंहले बताए। विद्यालयले प्याड खरीद गर्न महङ्गो हुने भएका कारण प्याड बनाउने तालीमसमेत दिइसकेको र अझै पुनर्ताजगी तालीम दिई अब आउँदा दिनमा गाउँघरमै उत्पादन गर्ने सिंहले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell