PahiloPost

May 20, 2026 | ६ जेठ २०८३

राष्ट्रिय सभाका सांसदको प्रश्न: रवि लामिछाने समर्थकको भीडमा प्रधानमन्त्री र पार्टीको अध्यक्षमाथि किन अशिष्ट भाषा प्रयोग गरियो?



पहिलोपोस्ट

राष्ट्रिय सभाका सांसदको प्रश्न: रवि लामिछाने समर्थकको भीडमा प्रधानमन्त्री र पार्टीको अध्यक्षमाथि किन अशिष्ट भाषा प्रयोग गरियो?

काठमाडौं:  राष्ट्रिय सभाका सांसद चक्रप्रसाद स्नेहीले रवि लामिछानेको पक्षमा सडकमा देखिएको भीडमा राजाको पक्षमा नारा लागेकोमा आपत्ति जनाएका छन्।

आजको राष्ट्रिय सभाको शून्य समयमा सांसद स्नेहीले उक्त भीडमा राष्ट्रपति र प्रधानमन्त्रीलाई समेत गालीगलौज गरिएको उल्लेख गरे। उनले भने, 'भीडमा राजा आऊ देश बचाऊ र हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ भन्ने नारा बढी घन्किएको छ। राष्ट्रपति र प्रधानमन्त्रीलाई गालीगलौज गर्ने काम भएको छ।'

उनले पार्टीका अध्यक्षविरुद्ध समेत अशिष्ट भाषा प्रयोग भएकोले यस विषयमा सरकारको ध्यानाकर्षणसमेत गराएका छन्। उनले भने, 'पार्टीका नेता तथा अध्यक्षमाथि अशिष्ट भाषा प्रयोग गरेका छन्। कानुनी राज्य भएकोले यसको विषयमा सरकारले सोचोस्।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell