PahiloPost

Jun 15, 2026 | १ असार २०८३

मन्त्रिपरिषदको बैठक 'भिडियो कन्फ्रेन्स'मार्फत गर्नु गलत भन्दै कांग्रेसले दियो तीन कारण, सोध्यो कार्यवाहक प्रधानमन्त्री छ कि छैन?



पहिलोपोस्ट

मन्त्रिपरिषदको बैठक 'भिडियो कन्फ्रेन्स'मार्फत गर्नु गलत भन्दै कांग्रेसले दियो तीन कारण, सोध्यो कार्यवाहक प्रधानमन्त्री छ कि छैन?

काठमाडौं: नेपाली कांग्रेसले हालै भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषदको बैठक गरिनु गलत रहेको राष्ट्रिय सभामा पनि विरोध जनाएको छ।

आजको बैठकमा विशेष समयमा कांग्रेस सांसद राधेश्याम अधिकारीले भिडियो कन्फ्रेन्स तीन कारणले गलत रहेको औंल्याए।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्य लाभको कामना गर्दै सांसद अधिकारीले भने, 'प्रधानमन्त्री खड्गप्रसाद ओलीको स्वास्थ्य लाभको कामना छ। तर, हालै भिडियो कन्फ्रेन्समार्फत बसेको मन्त्रिपरिषदको बैठक तीन कारणले आपत्तिजनक छ।'

उनले औपचारिक रुपमा विदेशमा हुँदा विदेशबाट अध्यक्षता गर्नै नमिल्ने दाबीसमेत गरे। भने, 'पहिलो त कार्यवाहक प्रधानमन्त्री हुँदाहुँदै आफूले अध्यक्षता किन गरेको? यो मुलुकमा कार्यवाहक प्रधानमन्त्री छ कि छैन? औपचारिक रुपमा विदेशमा बसेर यसरी अध्यक्षता गर्न मिल्छ? मन्त्रिपरिषद्को गोपनीय कुराबारे जान्न आइटीकै विज्ञ हुनुपर्दैन। यसमा सरकारले सोचोस्।'

कांग्रेसले भिडियो कन्फ्रेन्सबारे प्रतिनिधि सभामा पनि विरोध जनाएको थियो भने बुधबार पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले गरेको पत्रकार सम्मेलनमार्फत विरोध जनाएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell