PahiloPost

Jul 12, 2025 | २८ असार २०८२

बलिउड स्टार अजय देवगनले किने रोल्स रोयस कलिनन, जसमा मुकेश अम्बानी जस्ता धनीमात्र चढ्छन्



पहिलोपोस्ट

बलिउड स्टार अजय देवगनले किने  रोल्स रोयस कलिनन, जसमा मुकेश अम्बानी जस्ता धनीमात्र चढ्छन्

राजधानीमा यतिखेर नाडा अटो सो चलिरहेको छ। अटो सोमा धेरै मोडलका गाडी र मोटरसाइकल प्रदर्शित छन्। र, किन्न चाहनेहरुको भिड पनि गजबले लागिरहेकै छ। नेपालमा अटो सो चलिरहँदा भारतमा नि एउटा गाडीको विषयले बलिउडकै ध्यान खिचेको छ।

हो, बलिउड स्टार अजय देवगान यतिखेर चर्चामा छन्, नयाँ गाडीका कारण। अजय देवगानले रोल्स रोयस कलिनन किनेपछि उनको चर्चा नहोस् पनि कसरी। उनी यही गाडीका कारण भारतको एक्स्क्लुसिभ क्लबका सदस्य भएका छन् जसले यति महँगो गाडी चढ्छ।

यो लग्जरी एसयुभीको भारतीय बजार मूल्य ६ करोड ९५ लाख छ। नेपाली सडकमा यो गाडी अहिले कल्पनामात्र गर्न सकिने सवारी हो। भारतमा यो गाडीमा सवारहरु सबैले चिनेका व्यक्ति नै छन्। अर्बपति मुकेस अम्बानी र टी सिरिज मुगल भुषण कुमारको सूचीमा अजय पनि थपिएका छन्।

रोयल्स रोयस बाहेक पनि अजय देवगानसँग एउटा ल्यान्ड रोभर रेन्ज रोभर, एउटा बीएमडब्लु फाइभ सेरिज, मर्सिडिज बेन्ज एस क्लास, औडी क्यु सेभेन, मर्सिडिज बेन्ज जीएल क्लास, भोल्भो एक्ससी ९० र एउटा मोडिफाइड टोयटा सेलिका कार पनि छ। यतिमात्र होइन अजय मसेराटी क्वाट्रिपोर्ट किन्ने पहिलो भारतीयसमेत हुन्। यसै वर्ष किनेका हुन् उनले यो गाडी। करन जोहरको च्याट सो कफी विथ करनमा गजबको जवाफ दिएर उनले ‍औडी एस फाइभ स्पोर्टब्याक त जितेकै थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell