
काठमाडौंः नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योहान कालिनले फिफा विश्वकप छनोट अन्तर्गत एसिया क्वालिफायर्सको कुवेत र चाइनिज ताइपेईविरुद्धको खेलका लागि नेपाली टोलीको घोषणा गरेका छन्।
नेपालले कुवेतसँग सेप्टेम्बर ५ मा कुवेतसँग खेल्ने छ। त्यस्तै, सेप्टेम्बर १० मा चाइनिज ताइपेइसँग प्रतिस्पर्धा गर्ने छ।
विराज महर्जन यसपटक पनि टिममा समावेश छैनन्। त्यस्तै जोहोर डारुलसँगको खेलमा रहेका विमल राना र एलन न्यौपाने पनि यसपटक टिममा समावेश छैनन्। रोहित चन्द र किरण चेम्जोङ भने यसपटक टिममा समावेश छन्।
नेपाली टिम
गोलकिपर : किरण चेम्जोङ, विकेश कुथु, विशाल श्रेष्ठ
डिफेन्डर : सरोज दाहाल, अजित भण्डारी, दिपेश राजबंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रजिन धिमाल, सुमन अर्याल
मिडफिल्डर : सुनिल बल, रवि पासवान, अन्जन विस्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ,विक्रम लामा, तेज तामाङ, सन्तोस तामाङ, विशाल राई, रोहित चन्द
फरवार्ड : विमल घर्तीमगर, अविशेक रिजाल, नवयुग श्रेष्ठ