PahiloPost

Jul 12, 2025 | २८ असार २०८२

साफ यू-१५ मा भुटानलाई पराजित गर्दै नेपाल फाइनलमा



पहिलोपोस्ट

साफ यू-१५ मा भुटानलाई पराजित गर्दै नेपाल फाइनलमा

काठमाडौंः दक्षिण एसियाली खेलकुद अन्तर्गत भारतको कल्याणीमा जारी यू-१५ फुटबलमा आज भएको खेलमा नेपालले भुटानलाई ६-० गोल अन्तरले पराजित गरेको छ।

खेलको ५ औं मिनेटमा नै पेनाल्टीमार्फत गोल गर्दै नेपालले अग्रता लिएको थियो। पेनाल्टीमा गोल गर्दै प्रदीप लम्सालले नेपालका लागि पहिलो गोल गरेका थिए। त्यस्तै, खेलको नवौं मिनेटमै अर्को गोल थप्दै निराजन खत्रीले नेपाललाई २-० को अवस्थामा पुर्‍याए।

प्रदीप लम्सालले ४८ औं मिनेटमा फेरि अर्को गोल थपे। त्यस्तै, ७५ औं मिनेटमा अशिम राईले गोल गर्दा नेपाल ४ गोलले अगाडि थियो। खेलमा निकै दबाब बनाएको नेपालका लागि कृष सापकोटाले ८५ औं मिनेटमा गोल गरे। अतिरिक्त समयमा सुगम जिम्मिले गोल गर्दा नेपालले फराकिलो अन्तरको जित हात पार्‍यो।

यो जितसँगै नेपाल शीर्ष २ टिमभित्र पर्दै फाइनलमा पुगेको छ।

पहिलो खेलमा आयोजक भारतसँग ५–० को लज्जास्पद हार ब्यहोरेको नेपालले दोस्रो खेलमा श्रीलंकामाथि २–० को जित निकालेको थियो। तेस्रो खेलमा बंगलादेश लाई ४–१ को फराकिलो गोल अन्तरले पराजित गरेको थियो। नेपाल अंक तालिकाको दोस्रो स्थानमा छ। आजै हुने अर्को खेलमा भारत र डिफेन्डिङ च्याम्पियन बंगलादेशले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिता राउन्ड रोबिनको आधारमा खेलाइएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell