PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

भिडियो कन्फ्रेन्सबाट मन्त्रीपरिषदको बैठक नभएको मन्त्री बाँस्कोटाको दाबी, 'प्रधानमन्त्रीज्यूले हेलो भन्नुभयो, हामीले नमस्कार गर्यौँ'



पहिलोपोस्ट

भिडियो कन्फ्रेन्सबाट मन्त्रीपरिषदको बैठक नभएको मन्त्री बाँस्कोटाको दाबी, 'प्रधानमन्त्रीज्यूले हेलो भन्नुभयो, हामीले नमस्कार गर्यौँ'

काठमाडौं : सञ्चार प्रविधि तथा सूचना मन्त्री गोकुल प्रसाद बाँस्कोटाले सिंगापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदका सदस्यसँग गरेको भिडियो कन्फ्रेन्सको विषयमा भ्रम फैलाइएको आरोप लगाएका छन्।

बिहिवार प्रतिनिधिसभाको सार्वजनिक महत्वको विषयमा वक्तव्य राख्दै मन्त्री बाँस्केटाले भिडियो कन्फ्रेन्सको विषयमा सार्वभौमिकतामाथि प्रश्न उठाउनु आवश्यक नरहेको तर्क गरे।

उक्त भिडियो कन्फ्रेन्स क्याबिनेट बैठक नभएको सञ्चार माध्यमलाई जानकारी दिँदा पनि भ्रम र आलोचना फैलिएको उनको भनाइ थियो।

उनले भने, 'त्यसलाई हामीले क्याविनेटको बैठक भनेका थिएनौं। मैले त्यसै दिन मिडियालाई बताएको थिएँ, सम्माननीय प्रधानमन्त्रीज्यूले हेलो भन्नुभयो। हामीले नमस्कार गर्यौँ। उहाँले फर्काउनुभयो। कतिपय विषयमा सोध्नुभयो। केही निर्देशन दिनुभयो।'

उनले भिडियो कन्फ्रेन्स गर्ने मन्त्रीपरिषदको बैठकमा निर्णय भएकाले कानुनी रुपमै गरिएको बताए।

मन्त्री बाँस्कोटाले भने, 'हामीले क्याबानेट बैठक भनेका पनि छैनौँ। एजेण्डा पनि थिएन। पास पनि भएन। हामीले पहिलो अभ्यास हो भनेका थियौँ। टेक्नोलीजीको प्रयोग भयो भनेका हौँ।'

उनले भिडियो कन्फ्रेन्स असुरक्षित नभएको दाबी गरे। साथै उनले प्रधानमन्त्रीको स्वास्थ्य उपचार भइरहेको र केही समय लाग्ने जानकारी दिए। भिडियो कन्फ्रेन्स भेलिका निमित्त भएको र असुरक्षित नहुने बताए। 

उनले भने, 'कहाँबाट क्याबिनेटको बैठक भनेर आयो बुझ्न सकिएन।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell