PahiloPost

May 20, 2026 | ६ जेठ २०८३

बलिउडसँग जुध्न सक्ने नायिका पूजा शर्माको दाबी, 'तर, नेपालका हलवाला र वितरकसँग सक्दैनौँ'



पहिलोपोस्ट

बलिउडसँग जुध्न सक्ने नायिका पूजा शर्माको दाबी, 'तर, नेपालका हलवाला र वितरकसँग सक्दैनौँ'
फोटो : नायिका पूजा शर्माको फेसबुकबाट ।

काठमाडौैं: नायिका तथा निर्माता पूजा शर्माले नेपाली चलचित्रले हिन्दी चलचित्रसँग प्रतिष्पर्धा गर्न सक्ने बताएकी छिन्। शर्माले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफूहरु हिन्दी चलचित्रसँग प्रतिष्पर्धा गर्न तयार रहेको बताएकी हुन्।

उनले आफूहरु हिन्दी चलचित्रसँग प्रतिष्पर्धा गर्न सक्षम भएपनि नेपालका हल सञ्चालक तथा वितरकहरुसँग जुध्न नसक्ने बताएकी छिन्।

फेसबुक स्टाटसमार्फत उनले भनेकी छिन्, ‘हामी हिन्दी चलचित्रसँग जुध्नका लागि तयार छौँ। तर, नेपालका हलवाला र वितरकसँग हामी जुध्न सक्दैनौँ।’

 

नायिका शर्मा चलचित्र 'प्रेम गीत'बाट चर्चामा आएकी हुन्। त्यस बाहेक उनले 'म यस्तो गीत गाउँछु' र 'रामकहानी'मा पनि अभिनय गरेकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell