PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

चक्रपथमा दुई हजार रुख काट्ने योजनाको विरुद्धमा प्रदर्शन, सरकारलाई प्रश्न 'सडकमा समाजवाद खै?'

चक्रपथमा दुई हजार रुख काट्ने योजनाको विरुद्धमा प्रदर्शन, सरकारलाई प्रश्न 'सडकमा समाजवाद खै?'

प्रवीण रानाभाट/पहिलोपोस्ट


सरकारले  चक्रपथ विस्तारका क्रममा करिब दुई हजार रुखहरु काट्ने योजना बनाइरहेको छ। तर वातावरण संरक्षणमा लागेका अभियन्ताहरुले भने रुख काटेर विकास नहुने तर्क गर्दै आएका छन्। उनीहरुले यति ठूलो संख्यामा रुख काट्दा प्रदुषित काठमाडौंको वातावरणमा अझै नकरात्मक असर पर्ने तर्क गर्दै आएका छन्।

यसैबीच चक्रपथ विस्तारका क्रममा रुखहरु काट्ने निर्णयको पुन:विचार गर्न माग गर्दै आज खबरदारी कार्यक्रम आयोजना गरियो। 'रिथिङकिङ रिङरोड' नाम दिइएको कार्यक्रममा आठ लेनको चक्रपथ निर्मार्ण गर्ने क्रममा सरकारले एकतर्फी निर्णय गरेको र सर्वसाधरणको हितको बारेमा नसोचेको भन्दै सहभागीहरुले विरोध गरेका थिए।

कार्यक्रममा सहभागी अभिषेक श्रेष्ठले अहिले विकासको नाममा विनाश भइरहको भन्दै सरकारको ध्यानाकर्षण गराउनकालागि यो कार्यक्रममा स्वस्फूर्त रुपमा युवायुवतीहरु सहभागी भएको बताए।

काठमाडौंको सोल्टी दोबाटो चोकबाट सुरु भएको र्‍यालीमा अभियन्ताहरुले आफूहरु विकास विरोधी नभइ विनाश विरोधी भएको बताएका थिए। रुखहरु बचाउनु पर्ने भन्दै सांकेतिक रुपमा उनीहरुले रुखहरुमा अंगालो हालेका थिए। उनीहरुले सडकमा समाजवाद खै, रुख नगरौं नष्ट जस्ता प्लेकार्ड बोक्दै र्‍याली समेत निकालेका थिए। 

हाल बनाइएको बाटो पैदल यात्रुमैत्री नभएको भन्दै श्रेष्ठले बाटो काट्न आकाशे पुल नभएको, जेब्रा क्रसिङ नभएको, साइकल लेन नभएको भन्दै यस प्रकारको विकास दिगो नहुने बताए।

यससँगै उनीहरुले तीन लेनको बाटोलाई आठ लेनको बाटो बनाउनका लागि तयार गरिएका इआइए लगायतका रिपोर्टका साथै डिजाइन सार्वजनिक गर्नुपर्ने माग सहित सूचनाको हक अन्तर्गत निवेदन दिएका छन।  

 



ट्रेन्डिङ पोस्ट

Ncell