PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

गाडीको नामसारी गर्न घुस माग्ने यातायात कार्यालय सेतीका तीन कर्मचारी पक्राउ



एम बम

गाडीको नामसारी गर्न घुस माग्ने यातायात कार्यालय सेतीका तीन कर्मचारी पक्राउ

कैलालीः यातायात व्यवस्था कार्यालय धनगढी कैलालीका तीन जना कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस लिँदालिँदै पक्राउ गरेको छ। अख्तियार महेन्द्रनगर शाखा कार्यालयका सूचना अधिकारी टोप बहादुर विष्टका अनुसार उनीहरूले गाडी बिक्री गरेबापत नामसारी गर्दा रकम माग गरेको उजुरी परेको थियो।

सोही उजुरी र बिहीबार मग गरिएको रकम समेत बुझ्दैछन् भन्ने सूचनाका आधारमा उनीहरूलाई  एक लाख ६६ हजार रकमसहित रंगेहात पक्राउ गरिएको हो।

आयोगको महेन्द्रनगरबाट खटिएको टोलीले बिहीबार साढे ४ बजेतिर कार्यालयका निमित्त प्रमुख शाखा अधिकृत गम्भीरसिंह विष्ट, शाखा अधिकृत भुवन जोशी र अधिकृत जयराज कारिगरलाई रकमसहित रंगेहात नियन्त्रणमा लिएको हो।

दिउँसोबाटै निगरानीमा राखेको भए पनि साढे चार बजे उनीहरूलाई रंगेहात पक्राउ गरिएको हो। तीनै जनामाथि अनुसन्धान अघि बढाएको विष्टले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell