PahiloPost

Aug 23, 2026 | ७ भदौ २०८३

सुडान घोटलामा दोषी ठहर ठेकेदार शम्भु भारती पक्राउ, फैसला कार्यान्वयनका लागि पेस गरिने



पहिलोपोस्ट

सुडान घोटलामा दोषी ठहर ठेकेदार शम्भु भारती पक्राउ, फैसला कार्यान्वयनका लागि पेस गरिने

काठमाडौँ बहुचर्चित सुडान घोटला काण्डमा सर्वोच्च अदालतले दोषी ठहर गरेका थप एक जनालाई नियन्त्रणमा लिएको छ।

केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले शम्भु भारतीलाई शुक्रवार बिहान लालितपुरको भैसेपाटीबाट नियन्त्रणमा लिएको व्यूरोका डिआइजी नीरज शाहीले बताए। सर्वोच्च अदालतले भारतीलाई १४ करोड २० लाख रुपैयाँ र एक वर्ष कैद सजाय सुनाएको थियो।

सुडान घोटलामा सर्वोच्चले २०७३ जेठ १७ गते पूर्व महानिरीक्षकहरू ओमविक्रम राणा, हेमबहादुर गुरुङ, रमेशचन्द ठकुरीसहित ठेकेदार कम्पनीका प्रतिनिधि शम्भु भारतीलाई दोषी ठहर गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell