PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

बेपत्ता पारिएका व्यक्तिहरुको अवस्था सार्वजनिक गर्न गैरसरकारी संस्थाहरुको आग्रह



पहिलोपोस्ट

बेपत्ता पारिएका व्यक्तिहरुको अवस्था सार्वजनिक गर्न गैरसरकारी संस्थाहरुको आग्रह

काठमाडौं : नेपालका विभिन्न गैरसरकारी संस्थाहरुले सरकारलाई बेपत्ता पारिएका व्यक्तिहरुको अवस्था सार्वजनिक गरी न्यायको सुनिश्चितता गर्न आग्रह गरेका छन्।

एकाउन्टिबिलिटी वाच कमिटी, एडभोकेसी फोरम, एम्नेस्टी इन्टरनेसनल, कोक्याप, कमिटी फर सोसल जस्टिजलगायतका २१ संस्थाहरुले आज संयुक्त वक्तव्य जारी गर्दै अन्तर्राष्ट्रिय बेपत्ता दिवसको सन्दर्भमा नेपालको दश वर्षे सशस्त्र द्वन्द्वको क्रममा बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरुको अवस्था सार्वजनिक गर्नका लागि अविलम्ब अनुसन्धान प्रक्रिया अघि बढाउन सरकार समक्ष आग्रह गरेका हुन्। ती संस्थाहरुले प्रक्रियागत रुपमा दोषी पत्त्ता लगाई कार्बाही गर्न माग गरेका छन्।

वक्तव्यमा सर्वोच्च अदालतको आदेश र अन्तर्राष्ट्रिय मापदण्डअनुसार ऐन संशोधनपछि पीडित र नागरिक समाजसँगको छलफल एवं परामर्श गरी आयोगका आयुक्तहरूको छनौट प्रकृयालाई पारदर्शी बनाउन आग्रह गरिएको छ। साथै वक्तव्यमार्फत सङ्क्रणकालीन न्याय प्रकृया बुझेका ब्यक्तिलाई आयुक्त बनाउन अनुरोध गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell