PahiloPost

Jul 12, 2025 | २८ असार २०८२

दशैंपछि मात्र आउने भयो दीपक दीपाको 'छ माया छपक्कै'



पहिलोपोस्ट

दशैंपछि मात्र आउने भयो दीपक दीपाको 'छ माया छपक्कै'

काठमाडौं : दशैंमा प्रदर्शन गर्ने तय भएको फिल्म 'छ माया छपक्कै' अब दशैंपछि मात्र प्रदर्शनमा आउने भएको छ। बलिउडको बिग बजेट फिल्म 'वार' सँग जुध्ने भएपछि 'छ माया छपक्कै'ले फिल्मको प्रदर्शन मिति सारेको हो।

निर्माण टिमले आज युट्युबमार्फत फिल्मको पहिलो गीत 'जुनको जुनेली' सार्वजनिक गर्दै असोज २४ गतेको लागि प्रर्दशन मिति तय गरेको हो। दिपेन्द्र लामा निर्देशित फिल्म 'छ माया छपक्कै'मा दीपकराज गिरी, दीपाश्री निरौला, केकी अधिकारी, केदारप्रसाद घिमिरे, जितु नेपाल, बुद्धि तामाङ लगायतका कलाकारहरुको अभिनय रहेको छ। हालसम्म फिल्मको पोस्टर र एउटा गीत मात्र सार्वजनिक भएको छ।

यसअघि फिल्म 'कबड्डी ३' ले पनि भदौ १३ गतेको लागि प्रदर्शन मिति तय गरेको थियो तर बलिउड फिल्म 'साहो  को चेपमा पर्ने डरले प्रदर्शन मिति सारेर असोज ५ गतेमा पुर्‍याएको छ। रोहित अधिकारीको लगानी रहेको 'छ माया छपक्कै' असोज २४ गतेदेखि देशभरि प्रदर्शनमा आउँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell